Logo

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने



काठमाडौँ, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाउने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्