काठमाडौँ, २५ फागुन । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान जारी छ ।
राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले पनि मतदान गरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्मालेले जानकारी दिइन् ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।