Logo

‘राष्ट्रपति पद मेरा लागि होइन, मैले बाहिर बसेर गर्नुपर्ने काम धेरै छ’



काठमाडौँ, ४ माघ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा.रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन् ।

उनले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने काम धेरै रहेको बताए ।

उनले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबर स्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ । तर यो मेरा लागि होइन । मैले आफ्नो लिमिटेशन र स्थान राम्रोसँग बुझेको छु ।’

डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए । आफ्नो जीवनकै ठूलो कमाइका रूपमा इसा अवार्डलाई हेरेको उनको भनाइ छ । सरकारले यो अवार्डलाई कसरी लिन्छ भन्नेबारेमा आफूले ध्यान दिइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्