काठमाडौँ, ३० जेठ । राष्ट्रपति रामचन्द्र पाैडेल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेकाे छ । उनलाई मङ्गलवार अस्पताल लगिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।
यसअघि फोक्सोमा समस्या देखिएपछि गएकाे वैशाख ६ गते राष्ट्रपति पाैडेललाई एअर एम्बुलेन्समा नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा लगिएकाे थियाे ।