Logo

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई



काठमाडौं, २१ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत ऐतिहासिक जित हासिल गरेकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभएको छ ।

उहाले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्