काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।
आज बुधवार राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गरेका हुन् ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो । त्यही अध्यादेशलाई राष्ट्रपतिले आज जारी गरेका हुन् ।








