काठमाडौँ, २ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज हुनमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण गरेका छन् ।
उक्त अवसरमा उनले सरस्वतीको पूजा अर्चनाका साथै टीका-प्रसाद ग्रहण गरेका हुन् ।
वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।






