Logo

राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना प्रदर्शन गर्न निषेध



काठमाडौँ, ४ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई थप दुई महिना लम्ब्याएको छ ।

प्रशासन कार्यालयले आज बुधवार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखेको हो । प्रशासनले गएको महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । त्यो समय सकिएपछि प्रशासनले थप दुई महिना लम्ब्याएको हो ।

यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ । सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्