Logo

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन



अमेरिका, ६ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिएका छन् ।

ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार ‘राष्ट्रपति बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई अमेरिकी आकाशमा मानवरहित वायुजन्य वस्तुहरू पत्ता लगाउने संयन्त्र स्थापना गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रपति बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई मानवरहित सम्भावित वायुजन्य वस्तुहरूको सूची तयार पार्न र यी वस्तुहरू पत्ता लगाउने क्षमता सुधार गर्न थप उपायहरू अवलम्वन गर्न समेत निर्देशन दिएका छन् ।

अमेरिकी आकाशमा हालै देखिएका शङ्कास्पद वस्तुहरूबारे अमेरिकाको प्रतिक्रियाका विषयमा टिप्पणी गर्दै राष्ट्रपति बाइडेनले गुप्तचर निकायले विगतका दिनहरूमा खसालेका तीन वस्तुहरू चीनको निगरानी प्रणालीसँग सम्बन्धित रहेको वा नरहेको बारे थप अनुसन्धान गर्न समेत निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्