Logo

राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै



काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ ।

भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् । त्यसपछि २०७४ साल फागुन २९ गते पुन: दोस्रो कार्यकालका लागि उनी चुनिएकी थिइन् ।

भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुन् । लगातार दुई पटक राष्ट्रपतिमा चुनिएकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उनको आलोचना भएको थियो ।

राष्ट्रपति भण्डारीले सोमबार शीतल निवास छोड्ने तयारी गरेकी छन् । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उनको निजी सचिवालयले जनाएको छ ।

भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै छन् । गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्