Logo

राष्ट्रपतिद्वारा पाँच वटा विधेयक प्रमाणीकरण



काठमाडौँ, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मङ्गलवार विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

उनले तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९, स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्