Logo

राष्ट्रपति भण्डारीद्वारा गुरुहरूकाे हातबाट दशैँकाे टीका ग्रहण



काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छन् ।

बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजोर ५१ मिनेटमा टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्य र विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका लगाइ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्