Logo

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण



काठमाडौँ, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्