Logo

राष्ट्रपति भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने



काठमाडौँ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएको सरकारी दाबी छ ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

 

प्रतिक्रिया दिनुहोस्