Logo

राष्ट्रपति भण्डारीले मतदान नगर्ने



काठमाडौँ, ३० वैशाख । राष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेकी छिन् ।

राष्ट्रपति संविधानको संरक्षक र सबैको साझा भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीको काठमाडौंको बूढानीलकण्ठ नगरपालिका – ३ को मतदाता नामावलीमा नाम उल्लेख छ । तर, उनले राष्ट्रपति पद सम्हालेदेखि भोट हालेकी छैनन् ।

सबैको साझा पदमा रहेको व्यक्तिले दल वा व्यक्ति विशेषलाई मत दिँदा प्रश्न उठ्न सक्ने प्रेस विज्ञ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्