पोखरा, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् ।
न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आएकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आइपुगेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले स्वागत गरेका थिए ।
पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरा सभागृहमा हुने सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरिएको उपप्रमुख एवं न्यायिक समितिका प्रमुख गुरुङले जानकारी दिए ।