काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको भ्रमण गरेर स्वदेश फर्किएकी छन् ।
राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएकी हुन् ।
भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका छन् ।







