Logo

राष्ट्रसङ्घका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउँदै



काठमाडौँ, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

मन्त्रिपरिषद्को बिहिवारको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्