Logo

राष्ट्रियसभाका अध्यक्ष दाहालले लिए शपथ



काठमाडौँ, २९ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।

दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्