Logo

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र लि चान्सु बीच भेटवार्ता



काठमाडौँ, २८ भदौ । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लि चान्सु र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बीच आज भेटघाट भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरस्थित लभि हलमा उनीहरू बीच आज विहान (मंगलबार) भेटवार्ता भएको हो ।

अध्यक्ष लीलाई स्वागत गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले लीको नेपाल भ्रमण सुखद रहने विश्वास व्यक्त गरे । भेटको क्रममा अध्यक्ष लीले नेपालमा राजनीतिक स्थायित्व र समृद्धिको कामना गरे ।भेटमा अध्यक्ष द्वयले दुई देशको संसद् बीच थप सहकार्य गर्न पर्नेमा जोड दिए ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्