Logo

राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी



दाङ, ११ माघ । राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रिक्त एक पदका लागि हुन लागेको निर्वाचनमा तीन जनाको उम्मेदवारी दर्ता भएको हो ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा (एमाले)बाट उम्मेदवारी कुमार दसौदीले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ । उसका राजेन्द्रवीर रायले उम्मेदवारी दिएका छन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्