काठमाडौँ, १८ साउन । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने कार्यसूची छ ।
यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषाद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूची छ ।
बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको जनाइएको छ ।





