Logo

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौँ, २९ पुस । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

१३औँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुनेछ ।

आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्