काठमाडौँ, १४ फागुन । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
उक्त बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची तय भएको छ ।
यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ देखि ७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्नेछिन् ।
त्यसअघि सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन् ।







