Logo

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौँ, ८ चैत । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८/७९ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सांसद भुवनबहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्