Logo

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौँ, १४ वैशाख । राष्ट्रियसभा बैठक बिहीबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गठित विषयगत संसदीय समितिमा रहेका सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

बैठकमा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्