Logo

राष्ट्रियसभाको बैठक बस्दै



काठमाडौँ, ११ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्