Logo

राष्ट्रियसभाको बैठक बिहीबार बस्ने



काठमाडौँ, २ साउन । राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ ।

साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक आह्वान भएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने जानकारी गराएका छन् ।

यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्