Logo

राष्ट्रियसभाको बैठक सर्‍यो



काठमाडौँ, २३ जेठ । आज बस्ने तय भएकाे राष्ट्रिय सभाकाे बैठक बुधवारका लागि सरेको छ ।

आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्