Logo

राष्ट्रियसभाको बैठक स्थगन



काठमाडौँ, २३ असोज । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ ।

आज बिहान ११:१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११:३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्