Logo

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक’ बहुमतले पारित



काठमाडौँ, १८ असार । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ बहुमतले पारित भएको छ ।

सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

उक्त बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।

सोमवार बसेको बैठकमा आउँदो आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मङ्गलवार १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्