Logo

राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री



काठमाडौँ, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री डा. महतले राष्ट्रियसभा सदस्यहरूले बजेटका बारेमा उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमाथि पक्ष/विपक्षमा सांसदहरूले धारणा राख्नेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्