काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, “राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहे पनि यसमा सहमति जुट्छ ।”
उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखेका थिए । केही समस्या आए छलफल गरेर सहमतिमा पुगिने जिकिर गरे । गठबन्धनभित्र दरार देखिए हल गरिने उनको भनाइ छ ।





