काठमाडौँ, ६ वैशाख । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।
बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल (पार्वती) लगायतको आठ सदस्यीय टिम रुस प्रस्थान गरेको हो ।
प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसद्बीच सम्झौता हुने बताए ।