Logo

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन: लेखक



काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले भने, “निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरूभन्दा बाहिर मत जाने स्थिति हुँदैन ।”

उनले मतदाता प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेकाले उनीहरू आफ्ना-आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

एउटा पार्टीका उम्मेदवारले अर्को पार्टीका उम्मेदवार नचिन्ने भएको हुँदा अहिले राष्ट्रियसभामा आफ्ना उम्मेदवारले जिताउन गठबन्धनले बनाएको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरु मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्