Logo

राष्ट्रियसभा सदस्य निर्वाचन ः आज उम्मेदवारविरुद्ध दाबी-विरोध



काठमाडौँ, २४ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबी विरोधको उजुरी दिन सकिने भएको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबी विरोधको उजुरी दिन सकिने आयोगको कार्यसूचीमा निर्धारण गरिएको छ ।

निर्वाचन कार्यसूचीमा पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यक्रम छ ।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि हिजो सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्