Logo

राष्ट्रियसभा निर्वाचन: अन्तिम मतदाता नामावली प्रकाशित



काठमाडौँ, २२ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार आयोगले माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ ।

कोशीमा ९३, मधेशमा १०७, बागमती ११०, गण्डकी ६०, लुम्बिनी ८७, कर्णाली ४० र सुदूरपशिम प्रदेशमा ५२ गरेर कुल मतदाता संख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्