Logo

राष्ट्रियसभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले दर्ता गराए उम्मेदवारी



विराटनगर, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार बिहान कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोसी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

प्रतिक्रिया दिनुहोस्