Logo

राष्ट्रियसभा निर्वाचन: गठबन्धनले बनायो निर्वाचन परिचालन समिति



काठमाडौँ, २५ पुस । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचन परिचालन गर्न चार दलका नेताहरू सहभागी रहेको समन्वय समिति बनाएको छ ।

उक्त समितिमा कांग्रेसबाट शेखर कोइराला र रमेश लेखक, माओवादीबाट वर्षमान पुन, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जसपाबाट मनीष सुमन रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटारमा बोलाएको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त बैठकले निर्वाचन परिचालन समन्वय समिति बनाउने निर्णय गरेको हो । समितिले गठबन्धन दलहरूका बीचमा समन्वय गर्ने र मतदातालाई सुरक्षित बनाउने काम गर्ने सुमनले बताए ।

प्रतिक्रिया दिनुहोस्