Logo

राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनले एमालेसँग छलफल गर्दै



काठमाडौँ, १८ पुस । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाटबारे सत्ता गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि छलफल गर्ने भएको छ ।

आज बिहन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठकले आज दिउँसो तीन बजे कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग संयसक्त छलफल गर्ने र लगत्तै साँझ पाँच बजे एमालेसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई शून्यमा जान दिनुभन्दा हालको गठबन्धनमै समेटेर जाने गरी गृहकार्य सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्