काठमाडौँ, २२ भदौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
बिजनेसविहीन भएपछि सभाका अध्यक्ष गणेश तिमल्सिनाले आइतबारका लागि बोलाएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका हुन् ।
बैठकको मिति र समय अध्यक्ष तिमल्सिनाले पछि निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभामा अहिले जम्मा तीन वटा विद्येयकहरु मात्रै रहेका छन् । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन पेस भइसकेको छ ।







