Logo

राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आज अपराह्न २:३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३:०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुन: ४:४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।

तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १:०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्