Logo

राष्ट्रियसभा बैठक साउन २२ गतेसम्म स्थगित



काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ ।

एमाले सांसदहरूले निरन्तर उठेर अवरोध जारी राखेपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए ।

सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याएका हुन् ।

उनले बोलिसक्नासाथ एमालेका सांसदहरूले उठेर सदनमा विरोध जनाएका थिए । सभाध्यक्ष तिमिल्सिनाले एमाले सांसदहरूलाई पटक-पटक बस्न आग्रह गरे पनि उनीहरू बसेनन् ।

प्रतिक्रिया दिनुहोस्