
काठमाडौँ, २२ साउन । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।







