काठमाडौँ, १५ मंसिर । राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सहभागी हुन सहमत भएका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राउत गठबन्धन र कांग्रेससँग सहकार्य गर्न सहमत भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् ।
दुवै जनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ । गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,´ निधिले भनेका छन् ।







