मेचीनगर, ३ फागुन । नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय जुनियर जेसीज संयोजकमा मेचीनगरका आर्यन पौडेल मनोनीत भएका छन् ।
बुधबार नेपाल जेसीजले एक पत्र जारी गर्दै कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याएको जेसीज वर्ष २०२४ लाई थप उचाईमा राख्ने अपेक्षासहित राष्ट्रिय जुनियर जेसीज संयोजकमा पौडेललाई मनोनीत गरिएको उल्लेख गरिएको छ ।
आर्यन पौडेल धुलाबारी जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष हुन् ।
त्यसैगरी जुनियर जेसीजको राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘क’ संयोजकमा रिकेश भण्डारी, क्षेत्र ‘ख’ संयोजकमा सन्दर्भ खनाल, क्षेत्र ‘ग’ संयोजकमा अन्जली नकर्मी, क्षेत्र ‘घ’ संयोजकमा स्नेहा शर्मा र एकाडेमी संयोजकमा नबिन अधिकारी मनोनीत भएका छन् ।






