Logo

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाहलाई



काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाह मल्ललाई दिइएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको साउन दुइ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गठित कार्यदलको निर्णय बमोजिम संगिता शाह मल्ललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरीएको हो । मल्ल यस अघि संगठनको बरिष्ठ उपाध्यक्ष हुनुन्थ्यो ।

उहाँ राप्रपाका सस्थापक नेता हेम बहादुर मल्लकी बुहारी हुनुहुन्छ । उहाका श्रीमान मनोहर मल्ललाई राप्रपामा सक्रिय भएकै कारण युद्धरत समयमा तत्कालीन माओवादी बिद्रोहीले गोली हानी विभत्स हत्या गरेको थियो । त्यस यता पार्टीमा सक्रिय मल्लले महिला संगठन विस्तारमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ ।

महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले असार ५ गते साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएपछी विधान वमोजीम संगिता शाह मल्ललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरीएको वताईएको छ ।

यद्यपी अध्यक्ष अन्जना शाह रावलले पूनः असार ५ गते पार्टी जिम्मेवारीमा फर्किएको वताउनु भएको थियो । महिला संगठनकी एक केन्द्रिय सदस्यले रावललाई अव संगठनलेनै स्वीकार्न नसक्ने र उहाको च्यप्टर क्लोज भईसकेको बताउनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्