झापा, १२ साउन । पंकज शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन (राप्रबिसं) हल्दीबारीको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सङ्गठनको उपाध्यक्षमा बिपी कोइराला, सचिवमा अञ्जली बोहोरा, सह-सचिव खुसी शाह र कोषाध्यक्षमा सबिना सेलवाल चयन हुनुुभएको छ । त्यसैगरी सदस्यहरुमा वकिल मण्डल, समिर गजमेर, मन्दिरा घिमिरे, निर्मल घिमिरे, लक्ष्मी चापागाई, भिम भटराई, रोशन गौतम र मौसम रिजाल सर्वसम्मत चयन हुनुभएको छ ।
यसअघि राप्रपाका केन्द्रिय अध्यक्ष एवं संघिय सांसद राजेन्द्र लिङ्देनले अधिबेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठनका संस्थापक अध्यक्ष समेत रहेका लिङ्देनले युवा पुस्ता राजनिती वाट टाढा भाग्न नहुने धारणा राख्नुभएको थियो । आम जनमानसमा राजनिती र दलका नेता प्रति नकरात्मक धारणा विकास भएको चर्चा गर्दै अध्यक्ष लिङ्देनले त्यसलाई युवा पुस्ताले सुदृण गर्नुपर्ने समय आएको वताउनु भयो । जवसम्म राजनिती सुध्रदैन तवसम्म देशले बिकासको फड्को मार्न नसक्ने वताउदै उहाले युवा पुस्ताले त्यसको नेतृत्व लिनुपर्ने आवस्यकता औल्याउनुभयो ।
राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन हल्दीबारीका अध्यक्ष अनिल चौहानको अध्यक्षतामा आयोजीत कार्यक्रमा राप्रपाकी केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग उपप्रमुख खुश्बु ओली, राप्रपा कोशी प्रदेशका सचिव कुमार भट्टराई, राप्रपा झापाका अध्यक्ष केशव ओझा, राप्रपा हल्दीवारीका अध्यक्ष मदन मगर, राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन झापाका संयोजक चक्र फुयाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मिलन बिकले स्वागत गरेको कार्यक्रमको संचालन योगेश कार्कीले गनुभएको थियो ।







