काठमाडौँ, साउन १९ गते । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) कचनकवलको पालिका स्तरीय अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट विकास शर्माअध्यक्ष सहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन्।
अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कौसल दङ्गाल, र टिकामाया कार्की चयन भएका छन् भने सचिवमा विनोद पोख्रेल र सहसचिव सकिला लिम्बु र कोषाध्यक्षमा सलेली राजवंशी चयन भएका छन्।
सदस्यहरूमा क्रमशः कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुंगेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन भएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवलका उपाध्यक्ष सुरज शाहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहेका थिए। प्रदेश सभा सदस्य माननीय निमसरी राजवंशी,राप्रपा केन्द्रिय सदस्य अन्जरा आलम, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष कमल बम,जिल्ला संयोजक चक्र फुयाल, राप्रपा जिल्ला सदस्य सत्यनारायण यादव, राप्रपा कचनकवल गाउँपालिका अध्यक्ष लक्ष्मीनारायण यादव, राप्रपा पालिका समिति पूर्व अध्यक्ष रविचन्द्र ओझा लगायतको आतिथ्यता रहेको थियो।
यसैगरी ७ वटै वडाका कार्य समिति अध्यक्षहरू, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका सदस्य महेन्द्र शर्मा, नेपाल शिक्षा परिषदका अध्यक्ष फाल्गुनी राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष धनबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो शुभकामना मन्तव्यमा विद्यार्थीहरूलाई राजनीति क्षेत्रमा अग्रसर हुन जरुरी रहेको बताए। उनले भने, “राजनीति क्षेत्रमा विद्यार्थीहरूको सक्रिय सहभागिता महत्वपूर्ण छ। देशको भविष्य विद्यार्थीहरूको हातमा छ र उनीहरूको संलग्नताले देशलाई सकारात्मक दिशा दिन सक्छ।”
लिङ्देनले विद्यार्थीहरूको हकहितका लागि सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वलाई सशक्त बनाउन योगदान पुर्याउने आशा व्यक्त गरे। साथै, उनले नयाँ अध्यक्ष विकास शर्मा र अन्य पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए।
यस अवसरमा भर्खरै एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कचनकवलको आयोजना रहेको कार्यक्रम संचालन मुन्ना आलमले गरेका थिए।