झापा, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको अधिवेशन सम्पन्न भएको छ।
शनिवार सम्पन्न राप्रविसंगठनको झापा अधिवेशनलाई ‘ऐतिहासिक’ भनिएको राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले बताउनुुभयो । उहाले भन्नुभयो, ‘२०४६ सालअघि भएको अधिवेशनपछि यो पहिलो अधिवेशन हो। त्यसैले हामीले यसलाई पहिलोरदोस्रो केही नभनेर ऐतिहासिक भनेका हौँ।’
शनिवार सम्पन्न जिल्ला अधिवेशन अघि झापाका १५ वटै पालिकामा राप्रविसंगठनको अधिवेशन सम्पन्न भइसकेका थिए। जिल्ला अधिवेशन गर्ने राप्रविसंगठन झापा पहिलो भएको ओझाले बताउनुुभयो । झापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो।
३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित
राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा अध्यक्षमा सुनिल धिमाल सर्वसम्मत चयन भएका छन्।
झापाको मेचीनगरमा आयोजित झापा जिल्ला अधिवेशनले ३३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला अधिवेशनले धिमालको नेतृत्वमा ९ जना पदाधिकारी चयन गरेको छ।
जसमा प्रथम उपाध्यक्षमा सुरज शाह, उपाध्यक्षमा सागर राई र सारांश ढुंगाना रहेका छन् भने सचिवमा अनिल चौहान, सहसचिवमा क्रमशस् राम शाही ठकुरी र सोफिया खड्का रहनुभएको छ ।
त्यस्तै, कोषाध्यक्षमा रोशनी सापकोटा तथा सहकोषाध्यक्षमा प्रज्वल भट्टराई र अन्य २४ जना सदस्यहरू रहेका छन्।







